तनहुँको २ वटै निर्वाचन क्षेत्रमा कांग्रेसको अग्रता कायमै

तनहुँ | मंसिर ६, २०७९

तनहुँको २ वटै निर्वाचन क्षेत्रमा कांग्रेसको अग्रता कायमै

तनहुँ:  तनहुँको दुई वटै निर्वाचन क्षेत्रमा नेपाली कांग्रेसले अग्रता लिएको छ । प्रतिनिधि सभा सदस्यमा क्षेत्र नम्बर १ मा झिनो मतान्तरले अग्रता लिएको छ भने क्षेत्र नम्बर २ मा फराकिलो मतान्तरले अगाडि छ ।


क्षेत्र नम्बर –१ मा सात हजार १७४ मत गणना हुँदा कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले ९२ बढी मत ल्याएर अग्रता लिनुभएको छ । नेता पौडेलले दुई हजार ४३७ मत पाउनुभएको छ । एमालेका उम्मेदवार एकबहादुर रानाले दुई हजार ३४५ मत ल्याई दोस्रो स्थानमा हुनुहुन्छ । 


क्षेत्र नम्बर २ मा भने फराकिलो मतान्तरले भण्डारी अगाडि हुनुहुन्छ । ४१ हजार ७३३ मत गणना हुँदा भण्डारी तीन हजार ५३१ मतले अगाडि हुनुहुन्छ । भण्डारी  १९ हजार २२१ मत प्राप्त गर्नुभएको छ । एमालेका किरण गुरुङले १५ हजार ६९० मत प्राप्त गर्नुभएको छ । 


यसैगरी, प्रदेश सभा सदस्यमा पनि सत्ता गठबन्धनको अग्रता लिएको छ । क्षेत्र नम्बर २ को ९क० मा १६ हजार १९ मतगणना हुँदा माओवादी केन्द्रका राजेन्द्रकेशरी न्यौपानेले ६ हजार ६३७ मत पाउनुभएको छ । एमालेका श्यामराजा महतले पाँच हजार ९१९ मत पाउनुभएको छ । 


त्यस्तै, (ख) मा ११ हजार ३०८ मत गणना हुँदा कांग्रेसका जितप्रकाश आलेले पाँच हजार ६६२ मत प्राप्त गर्नुभएको छ । एमालेका केदार सिग्देलले चार हजार ८४० मत पाउनुभएको छ । 


क्षेत्र नम्बर १ को प्रदेश सभा सदस्यमा समेत सत्ता गठबन्धनले अग्रता लिएको छ । प्रदेश (ख) पाँच हजार ६६९ मत गणना हुँदा माओवादी केन्द्रका हरिबहादुर चुमानले दुई हजार ७२६ मत प्राप्त गर्नुभएको छ । एमालेका पूर्णबहादुर गुरुङले एक हजार ५०२ मत प्राप्त गर्नुभएको छ । (क) तीन हजार १८ मत गणना हुँदा कांग्रेसका अशोककुमार श्रेष्ठले एक हजार २२४ मत पाउनुभएको छ । एमालेका रामबहादुर गुरुङले सात सय ७७ मत पाउनुभएको छ । 

पोखरा:  गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले संघीयतालाई बलियो बनाउन प्रदेश बलियो बनाउन आवश्यक रहेकोमा जोड दिनुभएको छ ।   गण्डकी प्रदेश स्थापना दिवसको अवसरमा आयोजित समारोहमा प्रमुख अतिथ...

थप पढ्नुहोस्

  पोखरा महानगरपालिका–१ टुंडिखेलस्थित खेलमैदानमा आज (बिहीबार) देखि ‘नवौं विरेन स्मृति एवम् १९ औं बिटी कप सेभेन ए साइड खुल्ला फुटबल प्रतियोगिता’ सुरु भएको छ ।   बुद्धटोल ...

थप पढ्नुहोस्

जेनजी आन्दोलनका क्रममा लुटिएको इन्सास राइफलसहित कास्की प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।   कास्की प्रहरीले महोत्तरी स्थायी घर भई हाल जिल्ला पोखरा–९, नयाँबजार बस्ने १८ वर्षीया रवि चौधरी र भार...

थप पढ्नुहोस्